उपत्यकाबाट १२ सय ९४ मोटरसाईकल नियन्त्रणमा

उपत्यकाबाट १२ सय ९४ मोटरसाईकल नियन्त्रणमा

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,२९ फागुन । प्रहरीले होलिका दिन आज उपत्यकाबाट १२ सय ९४ मोटरसाईकल समातेको छ ।

उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरबाट १२ सय ९४ मोटरसाइकल समातिएका उपत्यको  ट्राफिक प्रहरी कार्यालयले  जनाएको छ ।

तीनजना सवार भएको, हेल्मेट नलगाइकन मोटरसाइकल चलाएको, तीव्र गतिमा र लापरवाहीपूर्वक मोटरसाइकल हाँकेका कारण यतिका धेरै मोटरसाइकल समातिएका हुन् ।

प्रहरी परिसर काठमाडौंले मात्रै २५९ जनालाई पक्राउ गरेको छ । जसमा ११ जना महिला रहेका छन् । सार्वजनिक ठाउमा मदिरा पिउँदै हिडने, अरुलाई जर्वजस्ती रंग दल्ने र दुर्व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । त्यस्तै काठमाडौं परिसरले ३३ वटा मोटरसाइकल समातेको छ ।

प्रहरी परिसर भक्तपुरले १७ जना र प्रहरी परिसर ललितपुरले ४० जनालाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ