काठमाडौं, फागुन २९।
राजधानीको ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयले पर्सी मंगलबार देखि लिखित फारम नबुझ्ने भएको छ । कार्यालयले पर्सी मंगलबारदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको हो ।
अनलाईन फारम भर्न नजान्नेले नागरिकताको फोटोकपि लिएर कार्यालय जान सक्ने व्यवस्था मिलाइएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । कार्यालयकै कर्मचारीले लाइसेन्सका लागि अनलाइन फारम भरिदिने व्यवस्था गरिएको हो ।
कार्यालयले अहिले लिखित र अनलाईन गरी नयाँ लाइसेन्सको लागि दैनिक पाँच सय जनाको फारम बुझ्ने गरेको छ । तर पर्सी मंगलबारदेखि लिखित फारम एउटा पनि नबुझ्ने भन्दै फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई अब फारम नछाप्न जानकारी गराइसकेको बताइएको छ ।
यातायात व्यवस्था विभागको वेबसाइट धधध।मयतm।नयख।लउ मा गएर लाइसेन्सको लागि फारम भर्न सकिनेछ । फारम भरेबापत कार्यालयले कुनै शुल्क लिनेछैन । फारम भरेको भोलिपल्ट नागरिकता सहित कार्यालय गएर लिखित परीक्षाको प्रक्रिया सुरु गर्न सकिन्छ ।