सप्तरीमा लागु औषध अफिम सहित एक जना पक्राउ

सप्तरीमा लागु औषध अफिम सहित एक जना पक्राउ

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कैलाली २९ फागुन,।
कैलालीको लम्की नगरपालिकाबाट अन्दाजी चार केजी अबैध लागूऔषध अफिम सहित एक जनालाई प्रहरीले आज विहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुरा रुगिन ४ स्थायी घर भएका ३७ बर्षीय बिर्द कार्की रहेका छन् । उनलाई क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान अफिमसहित पक्राउ गरेको हो । बाजुरा घर भएपनि उनी बाँकेको कोहलपुर बस्दै आएका थिए ।

गोप्य सूचनाको आधारमा भारत पैठारी गर्न लागेको अवस्थामा ब्यूरोको टोलीले कार्कीलाई पक्राउ गरेको सुदूरपश्चिमका डिआइजी रोमेन्द्र सिंह देउजाले जानकारी दिनु भयो ।

सेतो हेरोइनको कच्चा पदार्थको रुपमा लिइने अफिमको नेपाली बजारमूल्य डेढदेखि २ लाख प्रतिकेजीसम्म हुने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि अफिम सहित जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइने डिआइजी देउजाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ