लहान, २९ फागुन ।
सिरहाको मिर्चैया नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकखण्डमा आज बिहान बस दुर्घटना हँुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासीे ५० वर्षीय राजन श्रेष्ठ रहेका छन् ।
मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना ७ ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ५ बजेतिर काठमाडौँबाट विराटनगर आउँदै गरेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा हाम फाल्ने क्रममा चक्काले किचेर बस चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ ।
यसैगरी सिराहा नगरपालिका–७ स्थित सडकमा ज ६ प ९३०८ नंको मोटरसाइकल आफँै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २५ वर्षीया सरितादेवी साहको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।