होलीलाई मध्यनजर गर्दै उपत्यकामा आज विषेश सुरक्षा सतर्कता

होलीलाई मध्यनजर गर्दै उपत्यकामा आज विषेश सुरक्षा सतर्कता

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २९ फागुन ।
होलीलाई मध्यनजर गर्दै प्रहरीले आज उपत्यकामा विषेश सुरक्षा कतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकामा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

होलीमा कुनै अप्रिय घटना हुन नदिन तथा हुलहुज्जत हुनसक्ने गल्ली गल्लीमा बसेर असहिष्णु गतिविधि गर्न सक्ने भन्दै उपत्यकाका विभिन्न स्थानमा सादा तथा बर्दीका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यलयले जनाएको छ ।

यसैबीच सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज उपत्यकाका ४ सय स्थानमा सुरक्षा चेकजाँच हुदैछ । सुरक्षा जाँचमा बर्दीधारी प्रहरीका साथै टाफिक प्रहरीको पनि सहभागिता रहनेछ ।

होलीलाई मर्यादित बनाउनका लागि एकिकृत सुरक्षा योजना सहित प्रहरी परिचालन गरिएको छ । होलीमा कसैले जबरजस्ती रङ लगाउने तथा लोला हानेमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि आग्रह गरेको छ ।

यस्तै क्षमता भन्दा बढी यात्रु चढाउने, हेलमेट नलगाउने जस्ता विकृति रोक्न आज बिहानैदेखि कडाई गरिएको महानगरीय ट्राफिक महाशाखाका एसएसपी मिलन बस्नेतले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ