प्रेमीसँग पूजा गर्दै गर्दा पशुपतिमा भेटीइन् नायिका केकी अधिकारी

प्रेमीसँग पूजा गर्दै गर्दा पशुपतिमा भेटीइन् नायिका केकी अधिकारी

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौँ । गायक अनिश पाण्डेको मनसंग मन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । जसमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय रहेको छ ।
केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिकामा सशक्त अभिनय गर्न सफल भएकी छिन् ।
काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् ।
भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ । दिपेन्द्र थपलिया  र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् । हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी