भारतीय सुरक्षाकर्मीले हत्या गरेका गोविन्द गौतमलाई राष्ट्रिय सम्मान सहित आज अन्त्यष्टी गरिदै

भारतीय सुरक्षाकर्मीले हत्या गरेका गोविन्द गौतमलाई राष्ट्रिय सम्मान सहित आज अन्त्यष्टी गरिदै

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

कन्चनपुर फागुण २९ । भारतीय एसएसबीले नेपाली भूमिमा पसेर गोली हानी हत्या गरेका कन्चनपुर पुनर्वास ८ का गोविन्द गौतमको राष्ट्रिय सम्मान सहित आज अन्त्यष्टी गरिदै छ ।
सेती अन्चल अस्पताल धनगढीमा राखिएको गौतमको शबलाई अहिले बिहान शहर परिक्रमा शुरु गरिदै छ । बिहान ८ बजे शवयात्रा सहित दोधी नदीमा पुगेर उनलाई सम्मानका साथ अन्त्यष्टी गरिने जनाईएको छ ।

आज उनको सम्मानमा ११ तोपको शलामी दिने सरकारले निर्णय गरेको छ ।

फागुण २६ गते नेपाली भूमिमा निर्माण भएको कल्भर्ट भारतीयले भत्काउन थाले पछि प्रतिरोधमा उत्रिएका नेपाली माथि एसएसबीले आक्रमण गरेको थियो ।
यस हत्याको विरुद्ध देश व्यापी प्रदर्शन र विरोध बढे पछि भारतले छानविन थालेको बताए पनि अझै सम्म माफी मागेको छैन ।
कन्चनपुर सहित देशका जनताले दिन दिनै भारत विरुद्ध ठाँउ ठाँउमा प्रदर्शन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ