स्थानीय तहको निर्वाचनमा उम्मेद्धारले कति सम्म खर्च गर्न पाउछन् हेर्नुस आयोगको निर्देशीका

स्थानीय तहको निर्वाचनमा उम्मेद्धारले कति सम्म खर्च गर्न पाउछन् हेर्नुस आयोगको निर्देशीका

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, २९ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ का लागि तय गरेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले खर्च पाउने सीमा तोकेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारलगायतका अन्य कार्यमा खर्च गर्न पाउने विषयमा आज हद तोकेको हो ।

आयोगका अनुसार जिल्ला समन्वय समितिका वडा सदस्यले सबैभन्दा कम खर्च गर्न पाउनेछन् । वडा सदस्यले बढीमा रु एक लाख ५० हजार र सबैभन्दा धेरै खर्च गर्न पाउने महानगरपालिकाका प्रमुख र उपप्रमुखले रु सात लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा रु तीन लाख तोकिएको छ भने उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले रु पाँच लाख ५० हजार र वडा सदस्यले रु दुई लाख ५० हजार चुनावमा खर्च गर्न पाउनेछन् ।

यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजार र वडा सदस्यको खर्च रु दुई लाखमात्रै गर्न पाउने व्यवस्था गरिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले रु तीन लाख ५० हजार र वडाअध्यक्षले रु एक लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

त्यसबाहेक जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले रु दुई लाख ५० हजार र सदस्यले रु एक लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले सीमा तोकेको हो । उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालनलगायतमा खर्च गर्न पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी