बाग्मती सफाइ महाअभियान आज २०० औं सातामा

बाग्मती सफाइ महाअभियान आज २०० औं सातामा

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ २८ फागुन ।
बाग्मती सफाइ महाअभियान आज २०० औं सातामा प्रवेश गरेको छ । नेपाली सभ्यता, संस्कृति र चिनारीसँग जोडिएको बागमती सफाइ महाभियान तीन वर्षअघि सुरु भएको थियो ।

जनस्तरबाट सञ्चालित बाग्मती सफाइको महाअभियान मुलुकको अहिलेसम्मकै सबभन्दा ठूलो अभियान रहेको दाबी गरिएको छ । महाअभियानको २००आँैं संस्करणमा आज विशेष कार्यक्रम आयोजना समेत गरेको छ ।

महाअभियान अन्तरगत आज सुन्दरीजलदेखि चोभारसम्म विभिन्न १८ स्थानमा बाग्मती सफाइ तथा पदयात्रा आयोजना गरिएको छ ।

राजधानीको सुन्दरीजल, भद्रबास, गोकर्ण, जोरपाटी नारायणटार पुल, गोठाटार पहेँलो पुल, गुह्ेश्वरी, पशुपति राममन्दिर, तिलगंगा आँखा अस्पताल, सिनामङ्गल नयाँ पुलमा आज सफाइ र पदयात्रा गरिनेछ ।

यस्तै शंखमूल मनोहरा दोभान खण्डको सफाइ अभियानको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको छ । तीन वर्षअघि २०७० जेठ ५ गते तत्कालिन मुख्य सचिव लिलामणी पौडेललको अगुवाईमा महाअभियान सुरु भएको हो ।

चीनका लागि वर्तमान नेपाली राजदुत समेत रहनु भएका पौडेलले राजधानीबासीको करिब ४० वर्षदेखिको आनिबानीमा यस अभियानले ठूलो सुधार ल्याएको दाबी गर्नुभएको छ ।

त्यसैगरी मीनभवन पुल, महादेवस्थान पुल, शङ्खमूल मनोहरा दोभान, धोबीखोला दोभान, थापाथली पुल, टेकू दोभान, बल्खु पुल, सुन्दरीघाट र चोभार जलविनायकबाट सफाइ तथा पदयात्रा गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ