भारतीय गाडि बन्दकर्ताको निशानामा, प्रहरीको सुरक्षाघेरा भित्रै तोडफोड र आगजनी

भारतीय गाडि बन्दकर्ताको निशानामा, प्रहरीको सुरक्षाघेरा भित्रै तोडफोड र आगजनी

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ २८ फागुन ।
कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ ।

बन्दकर्ताहरुले राजधानीमा बिहानै बन्दको अवज्ञा गरेको भन्दै पुरानो बानेश्वर र कलङकी चोकमा तोडफेड तथा आगजनी गरेका छन् ।

राजधानीको पुरानो बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोेडफोड तथा आगजनी गरेको जनाइएको छ ।

यस्तै कलंकीमा पनि भारतीय नम्बर प्लेटको गाडी प्रहरी घेराभित्र तोडफोड भएको छ ।
गौशालाबाट आउदै गरेको यु पि ६५ एएम ०६५७ नम्बरको टोयटा कारमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

सो क्रममा गाडि तोडफोड गरेको आरोपमा दुई जना बन्दकर्ता समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

बाके काठमाण्डौ सम्पर्क मन्चका अध्यक्ष शन्तोश खड्का र त्रिचन्द्र क्यम्पसका ईकाई सदस्य उशाकिरणलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै गएराति १० बजे लैनचौरमा पनि एउटा भारतीय गाडिमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

यसैबीच भारतीय गाडिमाथि तोडफोड हुने क्रम बढेपछि प्रहरीले रोकिएका गाडिहरुमा समेत सुरक्षा दिन थालेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ