फागुन २७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेल र अमेरिकी राजदुत एलिना बी तेपलिज बीच शुक्रवार सिहदरवारमा भेटवार्ता भएको छ । करिब पौने घण्टा भएको भेटमा उहाँहरुबीच भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनाका लागी अमेरिकी सहयोग लगायतका बिषयमा कुराकानी भयो । भेटमा अमेरिकी राजदुत एलीनाले भूकम्पपिडितहरुको पुर्नस्थापना र पुनर्निर्माणमा भइरहेको प्रगतिवारे चासो राख्नुभएको थियो ।
सो क्रममा प्राधिकरणका सिइओ पोखरेलले भूकम्प प्रभावित जिल्लामापुनर्निर्माण कार्यलाई तिव्रता दिने प्रयास गरिरहेको भन्दै सामाजिक र आर्थिक पुनर्निर्माणको बिषयलाई पनि आफुले अघि बढाउन चाहेको उल्लेख गर्नुभयो ।
उहाँले प्राविधिक जनशक्तिको अभावमा अझैपनि ग्रामिण भेगमा भूकम्प प्रतिरोधी घर बनाउन समस्या देखिएकालेबिकास साझेदार संस्थासँग समन्वय र सहकार्य गरेर प्राविधिक जनशक्तिलाई प्राधिकरणले बढाउने प्रयास गरिरहेको बताउनुभयो । सो अवसरमा राजदुत तेपलिजले लेभूकम्पपछिको पुनर्निर्माणका लागी अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । सिइओ पोखरेलले भूकम्पपछि पुनर्निर्माणका साथै प्रभावित क्षेत्रका बासिन्दाको जिविकोपार्जनका लागी सिप बिकासको कार्यक्रम बिस्तार गर्न राजदुतलाई आग्रह गर्नुभयो ।