भारतीय पक्षबाट गोली प्रहार भएकामा एमालेको विरोध

भारतीय पक्षबाट गोली प्रहार भएकामा एमालेको विरोध

  • शुक्रबार, फाल्गुन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २७ फागुन । नेकपा (एमाले) ले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ ।

एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति प्रकाशित गरी नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार भएको विषयलाई गम्भीरतापूर्वक भारत सरकार समक्ष उठाउन, जनतालाई यथार्य जानकारी दिन र आइन्दा यस्ता घटना नदोहो¥याउने भरपर्दो प्रतिवद्धता व्यक्त गराउन सरकारलाई आग्रह गरेको छ ।

‘‘विगतमा पनि भारतीय पक्षबाट सीमा क्षेत्रमा ज्यादती हुँदै आइरहेकोमा अहिले देशभित्र संविधान कार्यान्वयनका लागि बनिरहेको जनमतलाई भाँड्नका लागि कतै यस्ता गतिविधि सुनियोजित रूपमा त भइरहेका छैनन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ’’ विज्ञप्तिमा भनिएको छ, ‘‘एकातिर शान्तिपूर्ण रूपमा मुलुकको प्रमुख प्रतिपक्षी दलले आयोजना गरेको मेची–महाकाली अभियानमाथि योजनाबद्ध रूपमा आक्रमण हुने अनि अर्कातिर सीमा क्षेत्रमा नेपाली नागरिकमाथि गोली प्रहार हुने घटनाले हामीलाई थप गम्भीर बनाएको छ, यस्ता घटनाका विरुद्धमा सचेत रहन हामी आह्वान गर्दछौ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ