सरोज थापा
दुनै(डोल्पा)२७ डोल्पा
डोल्पामा विहानैदेखि हिमपात सुरु भएको छ ।गत बुधबार देखि सुक्रवारसम्म लगातार तिन दिनसम्मको बर्षातपछि आज जिल्लाभर हिमपात सुरु भएको हो । बर्षात संगैको भारी हिमपातले डोल्पालीहरुलाई फाईदै फाईदा हुनेभएको छ ।डोल्पामा हिमपात अहिलेपनि जारी रहेको छ ।हिमपात संगै बडेको अत्याधिक चिसोले गर्दा डोल्पालीहरुको दैनिकी समेत कष्टकर बनेको छ ।
कृषिजन्य उत्पादनमा बृद्धि
झन्डै तिन महिनाको चरम खडेरीपछि परेको बर्षातसंगैको भारी हिमपातले डोल्पाली कृषकहरुमा उत्साह छाएको छ ।यसबर्षको कृषिजन्य उत्पादनमा समेत बद्धिहुने भन्दै उनिहरुमा उत्साह छाएको हो ।
त्रिपुराकोट—२ का कृषक भिम प्रसाद देबकोटाका अनुसार लम्बीदो खडेरील खेतवारीका अन्नवाली सुक्न थालेको थियो।खाद्यबस्तु उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित भएका थिए तर ढिलै भएपनि बर्षात भएको छ,गरिखाने कृषहरुलाई केही भएपनि राहत भयो उहाँले भन्नुभयो ।यसपटकको बर्षातसंगैको हिमपातले उत्पादन परीमाणमा समेत दश प्रतिशतले बृद्धिहुने कृषि विकास कार्यालय डोल्पाले जानकारी दिएको छ ।
जेठ देखि असार सम्ममा पाक्ने गरि खेतवारीमा लगाईएको,जाँै,गहँु,उवा,आलु लगाएतका अन्नवालीहरु को उत्पादनमा समेत बृदिहुने कृषि विकास कार्यालय डोल्पाको भनाई छ । यहाँ उत्पादनहुने स्याउ,ओखर उत्पादन समेत राम्रो भएपनि ढकमक्क फुलेको आरुलाईभने असरगर्ने कृषि विकास कार्यलयका डोल्पाका प्राविधिक सहायक सम्पती बुढाले जानकारी दिनुभयो । कर्णालीमै डोल्पा स्याउ,ओखर,आरु लगाएतका फलफुल उत्पादनमा समेत पटकक्षेत्रको रुपमा चिनिन्छ ।

चरन क्षेत्रलाई राम्रो
लामोसमय सम्म परेको खडेरीले पशुबस्तुकालागि चरनक्षेत्रपनि सुकेको थियो ।यसले पशुपालक कृषहरुलाई ठुलो समस्या उत्पन्न भएको थियो ।यसपालीको बर्षात संगैको हिमपातले बनपाखाहरुमा पशुचौपायकालागी घाँसपात प्रसस्तै पलाउने भएकाले कृषकहरुमा झनै उत्साह छाएको छ ।बर्षादपछि डाँडापाखा समेत हरीयालीहुने भएकाले पशुचौपाय चरीचरनकालागि पनि सहजहुने देखिएको कृषकहरुले बताए ।डोल्पालाई मुख्य आयआर्जको स्रोत मध्ये पशुपालन पनि एउटा क्षेत्र रहेको छ ।
यार्सागुम्बा परीमाण तथा गुणस्तरमा बृद्धि
यसपालीको भारी हिमपातले डोल्पामा पाईने वहुमुल्य जडिबुटी यार्सागुम्बाको परीमाण तथा गुणस्तरमा समेत बृद्धिहुने जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ ।
यहाँ यार्सागम्बा पाईने पाटनहरु मात्र तिनसय भन्दा धेरै रहेकाछन ।ति पाटनहरुमा बर्षमा हजारौ किलो यार्सागुम्बा संकलन गरिन्छ ।
बहुमुल्य जडिबुटि यार्सागुम्बा उच्च हिमाली क्षेत्रका ३५ सय देखि ४ सय मिटर सम्मको उचाईमा पाईने भएकाले यसकालागि अत्याधिक चिसो र समयमै हिमापात आवाश्यक पर्ने वन कार्यालयको भनाई छ ।
डोल्पालीमात्र नभई छिमेकी जिल्लाबासीहरुको मुख्य आयस्रोतको रुपमा यार्सागुम्बा रहेकाले पनि हिमपातसंगै डोल्पालीहरुमा खुशियाली छाएको हो ।
यस बर्ष समयमै भारी हिमपात र बर्षा भएकाले तुलनात्मक रुपमा यार्सागुम्बा धेरै पाईने स्थानिय यार्सा संकलकहरुको दाबी छ ।
यार्सागुम्बा संकलनकोलागी बर्षेनी हजारौँ सर्वसाधारणहरु डोल्पाका यार्सागुम्बा पाटनहरुमा पुग्ने गर्दछन् ।