काठमाडौ २७ फागुन ।
नयाँ संरचना अनुसार मुलुकभरि आगामी आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुने भएको छ ।
नयाँ संरचना लागु भएसँगै हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् ।
संविधान अनुसार स्थानीय तह पुनः संरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिारीलाई निर्देशन दिइसकेको छ ।
मन्त्रिपरिषद्बाट पारित स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन आइतबारदेखि लागू हुने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताउनु भयो ।
उहाका अनुसार जिविसहरु जिल्ला समन्वय समितिमा रुपान्तरण हुनेछन् । संरचना अनुसार हालका गाविस र नगरपालिका गाउँपालिका वा नगरपालिकाका रुपमा संचालन हुनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline