मलेशियामा रोजगारीमा गएका रोल्पाका दिल बहादुर ७ वर्षदेखि सम्पर्क बिहिन

मलेशियामा रोजगारीमा गएका रोल्पाका दिल बहादुर ७ वर्षदेखि सम्पर्क बिहिन

  • शुक्रबार, फाल्गुन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

फागुण २७ काठमाण्डौं । विदेश जाने , पैसा कमाउने सपना बुनेर विदेश गएर आफ्नो जीवन गुमाउने वेपत्ता हुनेको संख्या दिनानु दिन बढीरहेका बेला २०६५ सालमा रोजगारीका लागि मलेशिया पुगेका रोल्पाका दिल बहादुर घर्ती ६६ सालदेखि अझै सम्पर्क बिहिन रहेको खुलेको छ ।
रोल्पा जिल्ला गजुल ७ क्वालिगाउ , काप्राबाङ्ग बस्ने पुस्ते घर्तिका जेठा छोरा दिल बहादुर घर्ती २०६५ साल मा काठमाडौ को एक मेनपावरबाट मलेसियामा को जोहोर बारु भन्ने ठाउँ मा पुगेको एक वर्ष सम्म परिवारको नियमित सम्पर्कमा रहेका थिए ।
अहिले ३७ वर्षका भएका घर्ती कहा छन् ? कता पुगे ? केही पत्तो छैन , घरमा बिजोग भयो उनको परिवारले चिन्ता व्यक्त गरेका छन् ।

घरमा बुवा,आमा,श्रीमती ,दुई छोरा , भाइ बुहारी छन् र अहिले दिलिप मलेसिया प्रवेश गरेको आठ बर्ष भयो उहाँ को उमेर अहिले ३७ बर्ष को पुग्नु भयो ।
घरमा श्रीमती पति सम्पर्कमा नआए पछि रात दिन रोएर बसेकी छन् ।

“साना–साना छोराहरु छोडेर मिठोसपना बोकेर मलेसिया जानू भएको मेरो श्रीमान् , आज आठ बर्ष भैसक्यो कुनै अत्तो पत्तो छैन । छोरा हरु पनि ठुल ठुला भैसके बाबा कहिले आउनु हुन्छ भनेर दिन— दिनै सोध्छन् भोलि पर्सि आउनु हुन्छ भन्दै टार्दै गर्छु ।”

बुवा आमा पनि डाडा माथिका घाम झै ,भैसक्नु भयो दिल बहादुरकी श्रीमति पीडा व्यक्त गर्छिन् ।
अहिले दिल बहादुरको खोजीका लागि उनका भाइ शुक बहादुर घर्ती दाजु को खोजी कार्यकै लागि मलेसिया को जोहोर बारु को एउटा कम्पनिमा पुगेका छन् ।
सोही गाउकै दिपक संघर्षको पहलमा घर्तीको खोजी कार्य भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी