सुमुधुर स्वरका गायक नारायण धितालको अर्को म्युजिक भिडियो “यति बेला उनीलाई ” म्युजिक नेपालको युट्युब च्यानल बाट रिलिज भएको छ। बेल्जियममा छायांकन गरिएको उक्त भिडियोमा प्रेम प्रसंग र प्राणघातक क्यान्सर रोग लागेर श्रीमती गुमाउनुको पीडालाई निकै मार्मिक ढंगले कथानक रुपमा प्रस्तुत गरिएको छ।
थकित यात्रीको शब्द , गायक धितालकै संगीत र महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतको भिडियो हाल स्कटल्याण्डमा रही नेपालका चर्चित गायकहरुको म्युजिक भिडियो समेत बनाएका अनुभवी निर्देशक दिपेश रेग्मीले निर्देशन गरेका छन्। उक्त म्युजिक भिडियोमा गायक नारायण धिताल, शान्ति भट्ट, शिवम धिताल र सुदर्शन घिमिरेको अभिनय रहेको छ।
हाल बेल्जियम रहेका गायक धितालले अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष गन्धर्ब संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए। गायक धितालले २०६० र २०६७ सालमा गरि दुइटा आधुनिक गीतको एल्बम निकालेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline