आगालागीबाट विद्यालयको १० कोठे भवन जलेर नष्ट

आगालागीबाट विद्यालयको १० कोठे भवन जलेर नष्ट

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २६ फागुन ।
म्याग्दीको बेनी नगरपालिका–१३ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयमा आगलागी हुँदा १० कोठे भवन जलेर नष्ट भएको छ ।

आगलागीबाट विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठामा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

विद्यालयमा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको भौतिक पूर्वाधार र कार्यालयका महत्वपूर्ण दस्तावेजहरु जलेर नष्ट भएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

उक्त भवनमा अत्याधिक काठको प्रयोग गरिएकाले आगोले भिषण रुप लिएको थियो । स्थानीयवासी, प्रहरी र नेपाली सेनाले करिब तीन घण्टापछि मात्रै आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १७४ जना बालबालिका अध्ययनरत रहेका छन् । विद्यालय भवनमा आगलागी भएपछि पठनपाठन प्रभावित हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ