आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २६ फागुन ।
आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मिर्गौला रोगबारे जनचेतना जगाउने उदेश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा बिभिन्न अस्पताल तथा स्वास्थ्य क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरेको छ ।

नेपालमा कुनै न कुनै रुपमा २५ लाख भन्दा बढी मानिस मिर्गौला रोगबाट पिडित रहेको अनुमान छ । यो रोगको अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखा पर्ने भएकाले बर्षमा एकपटक मिर्गौला परीक्षण गर्नुेपर्ने चिकित्सकहरुले बताउछन् ।

मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त मात्र पानी पीउन, धुमपान र मध्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव छ ।

मानिस ४० बर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ