नेता जति दलाल भए, दलाल जति नेता !
लंका जित्छन् हनुमानले,ढेडू लाउँछन् फेटा !!
चैते,आइते,ल्याइते,ब्याइते गर्छन् यता-त्यता !
इमान्दार क्रान्तिकारी न यता न त्यता !!
स्वच्छता र स्वाभिमान शब्दकोशमै छैनन् !
मान्यता र मूल्य-मान अब कतै रैनन् !!
चाकरी र चुक्ली-चट्नी, चापलुसी बढे !
सोझा-सादा नेता-जनता श्राप-शूली चढे !!
वर्ग-सर्ग स्वर्ग पुराई जातको लिई साथ !
मार्क्सवादको झन्डा बोक्न छैन केही लाज !!
समितिमा-सिमितमा यो मितिमा पनि
समानता छैन भनी कैले होला त नि ?!
पद, पैसा, पावरमा भोका पुगेपछी !
हसुरेर डकार्दछन् धोका पुगेपछी !!
नयाँ वर्ग जन्मेका छन्, हुकुम-हैकम गर्छन् !
मान-सान बढेको छ फेटा ठूलै गुत्छन् !!
दलालहरु लोकतन्त्रको निकै स्वाङ पार्छन् !
सामन्तले राष्ट्रवादको ठूलै ढ्वाङ थाप्छन् !!
चिन्ने-बिन्ने, मान्ने-हान्ने गर्नै पर्छ अब !
देशवादी वर्गवादको झन्डा बोकौं सब !!
-फेसबुकबाट