मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

फागुन २५, सिरहा ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको वडहरामाल – ५ स्थित सडकमा गएराति मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको उपचारको क्रममा आज मृत्यु भएको छ ।
पूर्वतर्फ आउँदै गरेको ज ५ प २२६० नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते वडहरामाल गाविस– ५ का ३५ वर्षीय ब्रहम यादवको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते ब्रहमको स्थानीय फूलकुमारी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ