सप्तरी, २५ फागुन ।
दुई दिनअगाडि प्रहरीको गोली लागेर घाइते भएका सप्तरी मलेठ–२ का २२ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको छ ।
मधेसी मोर्चाका कार्यकर्ता महत्तोको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदाहुँदै आज मृत्यु भएको हो ।
पेटमा गोली लागेर गम्भिर घाईते उनको प्रतिष्ठानको आइसियुमा उपचार भईरहेको थियो ।
त्यसअघि सोमबार सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक करिडोरमा प्रहरी र मोर्चाबीच भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको भईसकेको छ ।
महतोको निधन भएसँगै मृतकको सङख्या चार पुगेको छ । १२ जनाभन्दा बढी घाइतेको धरानमा उपचार भइरहेको मोर्चाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline