सरकारले आजदेखि ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सुरु गर्दै

सरकारले आजदेखि ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सुरु गर्दै

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, फागुन २५ ।

मार्च ८ अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा सरकारले आज राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत देशका विभिन्न ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले विभिन्न ३० जिल्लामा मन्त्रालयले महिला सशक्तिकरणका कार्यक्रम सञ्चालनको आजै शुभारम्भ गर्ने बताउनु भयो ।

उहाँले महिलालाई नेतृत्व तहमा पुगेर मात्रै हुँदैन, सीप र रोजगारीसँगै पहुँच विस्तारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै , महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले विगतको तुलनामा यो पटक दिवस उत्साहपूर्ण रहेको बताउनुभयो ।
‘महिला नेतृत्व दुनियाँलाई देखाउनसक्ने अवस्थामा छ तर अब आर्थिक र सामाजिक समानतामा महिलालाई समेटेनुपर्छ,’ उहाँको भनाइ छ । राष्ट्रपति विद्या भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वले महिला आन्दोलनले नेपालमा सार्थक उचाइ हासिल गरेको स्पष्ट हुन्छ ।

महिला अधिकारकर्मी शर्मिला कार्कीका मत अलि फरक छ । ‘नेतृत्वमा पुग्दैमा धेरै हौसिनु हुँदैन, पुरुष समान पहुँच महत्वपूर्ण कुरा हो । आन्दोलनलाई त्यस दिशातिर अग्रसर गराउनुपर्छ’, उहाँको मत छ ।
नेपाल टे«ड युनियन काँग्रेस महिला समिति अध्यक्ष सुधा दाहाल नारा तय गरेअनुरूप वर्षभरि काम हुनुपर्ने बताउनुहुन्छ । अब समृद्धिमा महिला सहभागितातिर लाग्नुपर्ने उहाँको धारणा छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का महिला समितिका अध्यक्ष गोमा आचार्य पुरुषको बराबरी हैसियतमा महिलालाई पु¥याउने आन्दोलन अबका कार्य्दिशा भएको मत राख्नुहुन्छ ।
अठारौँ शताब्दीमा अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलालाई समान ज्याला, श्रमिक महिलाको अधिकार, काम गर्ने समयको दैनिक आठ घण्टा निर्धारण गरिनुपर्ने, हरेक कार्यस्थलमा शिशुस्याहार व्यवस्था हुनुपर्ने लगायत माग राख्दै आन्दोलन गरेका थिए ।
ती र अन्य आन्दोलनहरूले १९१० को मार्च ८ बाट कोपनहेगनमा जम्मा भएको १७ देशमा श्रमिक महिलाले रोपेको महिला अधिकारको वृक्ष अहिले अन्तर्रा्ष्ट्रिय रूपमा झाँगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ