काठमाडौँ, २५ फागुन ।
नेपाल टेलिकमले आजदेखि सहुलियत रुपमा फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराएको छ ।
फेसबुक प्याकेजअन्तर्गत २२ रूपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई आज देखि तीन महिनासम्म उक्त सहुलियत प्रदान गर्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउनु भयो ।
डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।
नाइट डाटा प्याकेजअन्तर्गत ४५ रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।