काठमाडौँ, २५ फागुन । आज एक सय ८ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
आज राजनीतिक दल सम्बद्ध महिला संगठनहरुले र्याली, गोष्टी सहित विभिन्न कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्र सङ्घले यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिंदो परिवेशमा कामकाजी महिला ः सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ । यसै गरी यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरबाट समान कामको समान ज्यालाका लागि भन्दै महिलाहरुले शुरु गरेको विद्रोहको दिनको सम्झनामा यो दिवस मनाउने गरीन्छ ।
सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनले अन्तर्राष्ट्रिय रूपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको थियो ।
आज काग्रेस , एमाले , माओवादी केन्द्र लगायत दल निकट महिला संगठनहरुले गोष्टी लगायतका कार्यक्रम गर्दैछन् भने नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले शान्तिवाटीकामा र्याली निकाल्ने जनाएको छ ।
संघकी अध्यक्ष बन्धु चन्दले बिहान ११ बजे र्याली गरेर यो दिवस मनाईने तयारी भएको जानकारी दिनु भयो ।