अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा टेलिकमको अफर

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा टेलिकमको अफर

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २४ फागुन । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आज प्रेस विज्ञप्ति जारी गरी कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधबार (फागुन २५) देखि गतेदेखि तीन महिनासम्म कायम रहने उल्लेख छ ।

अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेजअन्तर्गत २२ रूपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।
डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।

नाइट डाटा प्याकेजअन्तर्गत ४५ रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रूपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी