एजेन्सी फागुण २५ । अमेरीकी गुप्तचर निकाय सिआइएले सामसुगं टिभी र स्मार्ट फोनहरुमा ह्याकीङ गरी जासुसी गर्ने गरेको विकिलिक्सले खुलासा गरेको छ ।
साईबर हतियारको रुपमा सिआईएले विभिन्न उपकरण र सफ्टवेयर विकास गरेको विकिलिक्सले प्रकाशित गरेको छ ।
विन्डोज, आईवोएस, ओएनएक्स र लाईनक्स कम्युटर र ईन्टरनेटको राउटरलाई सिआईएले निशाना बनाउने गरेको दावी विकिलिक्सको छ ।
सिआईएले केही आफ्नै सफ्टवेयरहरु विकास गरेको देखिएको छ जसले यस्ता प्रविधिहरुमार्फत ससारभर जासुसी गर्ने छ ।
सिआईएले भने विकिलिक्सको दस्तावेजबारे प्रतिकृया दिने नमानेको विविसिले जनाएको छ ।
उता अमेरीकाको साईवर क्षमताको बारेमा उल्लेख गर्ने एडवार्ड स्नोडेनले भने ट्वीटर मार्फत यो सूचना सही देखिदै गएको प्रतिकृया दिएका छन् ।
सिआईएले सामसुङ टिभि ८०० सिरीजमा विपिङ एन्जल नामबाट घुसपैठ गर्ने गरेको दस्तावेजमा उल्लेख छ ।
टिभी प्रयोगकर्ताले टिभी हेरिरहेको बेला स्क्रीन अफ् मोडमा जान्छ र हेर्ने मानिसलाई टिभी बन्द भएको आभाष हुन्छ तर त्यो टिभीले त्यस बेला कुनै पनि घरको गतिविधिको अडियो रेकर्ड गरीरहेको हुन्छ ।
तर जब टिभी फेरी चल्छ त्यो बेला वाईफाईको प्रयोग गरेर त्यो अडियो सिआईएको कम्युटर सम्म पुग्दछ ।
सिआईएले फ्युचर वर्क सेक्सनमा भविष्यमा वाईफाईन पनि नचाहिने गरी भिडियो समेत स्नैप गरेर लान सक्ने क्षमताको विकास गरीरहेको विकिलिक्सको गोप्य दस्तावेजमा छापिएको छ ।

यसै गरी स्यामसुङ मोबाईल, एचटिसी र सोनीका उपकरणहरुलाई पनि सिआईएले जासुसीको हतियार बनाएको र ह्वाट्स एप म्यासेज, सिग्नल,टेलिग्राम बाबईटो,र च्याट गरिएका सन्देशहरु पढ्ने गरेको छ ।
त्यसै गरी गाडीहरुको कम्युटर तंन्त्र समेत नियन्त्रण गर्ने प्रयास गरिएको छ जसलाई पत्ता लगाउन नसकिने हत्यामा प्रयोग गर्न सकियोस् ।