जनताप्रति उत्तरदायी हुन बैंकहरुलाई प्रचण्डको निर्देशन

जनताप्रति उत्तरदायी हुन बैंकहरुलाई प्रचण्डको निर्देशन

  • मङ्लबार, फाल्गुन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी बैंकहरुलाई जनताप्रति उत्तरदायी हुन निर्देशन दिनुभएको छ ।

एनएमबी बैंकको आयोजनामा राजधानीमा सुरु भएको ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज’ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले जनतामुखी नहुने बैंकलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो ।

बैंकहरु सेवामुखी हुनुपर्ने भन्दै उनले ग्रामीण क्षेत्रमा पुग्न आग्रह गर्नुभयो । कृषि, पर्यटन र उर्जा नेपालको विकासका आधार भएको भन्दै उनले तीनवटै क्षेत्रमा लगानी गर्न पनि बैंकहरुलाई सुझाव दिनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले आर्थिक क्षेत्रको समृद्धिको आधार बैंकहरु भएकाले विकासका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयोे ।

उनले स्थानीय समुदायको क्षेत्रमा लगानी गरेर समुदायको विकासमा केन्द्रीत भए सम्मुनत राष्ट्र निर्माण हुने बताउनुभयो । बैंकहरु नफामूखी नभएर सेवामूलक हुनुपर्नेमा उहाँको जोड थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिका, उत्तरकोरिया, युरोपलगायत देशका विभिन्न बैंकका प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा दक्षिण पूर्वी एसियामा मुल्य मान्यतामा आधारित बैंकिङ क्षेत्रका उपलब्धि र चुनौतिका बारेमा छलफल भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी