काठमान्डौ २४ फागुन ।
नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालकसहित पाँचजना घाइते भएका छन् । गएराति थप्रेक–६ कुलकुलेमा मिनीट्रक दुर्घटना हुँदा स्थानीय गणेशप्रसाद खतिवडाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका १६ वर्षका खतिवडालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका थप्रेक–६ का रुपेश नेपाली, राजकुमार तामाङ,लाठो तामाङ मिनिट्रक चालक पञ्चकन्याका उमेश रुम्बा र सुन्दरादेविका रविन्द्र तामाङको राजधानीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना भएको बा ४ ख ९९५ नम्बरको मिनीट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप्रेकको आरुखर्कमा बालुवा लगायतको निर्माण सामग्री पु¥याएर फर्कने क्रममा कुलकुले भन्ने स्थानमा कच्ची सडकमा सन्तुलन गुमाउँदा दुर्घटना हुँदा मिनीट्रक २०० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।