फागुण २३ काठमाण्डौं । नेकपा एमालेको मेचीमहाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गर्दा एक जना को मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सन्जन मेहता रहेको प्रहरीले जनाएको छ ।
एमाले अध्यक्ष केपी ओलीले कार्यक्रममा सम्बोधन गरिरहँदा मोर्चाका कार्यकर्ताले सभा विथोल्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।
एमालेको सभा चलिरहँदा मोर्चाको कार्यकर्ताले सभास्थल घेराउ गरेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।
सभा सुरु हुनु अघि पनि प्रहरी र मोर्चा कार्यकर्ता बीच झडप भएको थियो ।
यसैबीच एमालेले संभावित झडपलाई मध्यनजर गरी सप्तरी कन्चनपुरको कार्यक्रम एमालेले स्थगित गरेको छ । एमाले नेताहरु आज रुपनगरमा बसेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline