उपत्यका सहित तराईका १२ जिल्लामा आज पनि पोलीयो थोपा खुवाइदै

उपत्यका सहित तराईका १२ जिल्लामा आज पनि पोलीयो थोपा खुवाइदै

  • सोमवार, फाल्गुन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, फागुन २३।
काठमाडौं उपत्यकासहित तराईका १२ जिल्लामा आज पनि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइदै छ । स्वास्थ्यकर्मीको अवरोधका कारण पोलियो थोपा खुवाउन अभिभावकमा अन्यौलता छाएकाले केही दिन लम्बाएर खुवाउन लागिएको हो ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर सहित तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरीका ५ वर्षसम्मका १६ लाख २८ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ ।

सबै बालबालिकालाई पोलियो थोपा नखुवाए सम्म अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियानमा अबरोध गर्न खोज्ने स्वास्थ्यकर्मीको सूचि बनाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

आजपनि अभियान चल्ने सबै जिल्लामा अवरोध भए नभएको बारे अनुगमन हुने र अवरोध गर्नेलाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो १८ जना स्वास्थयकर्मीलाई निलम्बन गरेको थियो ।

यस्तै मन्त्रालयले ढुक्क भएर आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन अभिभावकलाई आग्रह पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ