नेपाल तामाङ कलाकार संघ जापान गठन हुदै

नेपाल तामाङ कलाकार संघ जापान गठन हुदै

  • सोमवार, फाल्गुन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौ २३ फागुन ।
विविध कारणबस जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ कलाकारहरुको पहलमा नेपाल तामाङ कलाकार संघ जापान गठन हुने भएको छ ।

तामाङ भाषा, धर्म सस्कृति र कलाको जगेर्ना गर्ने उदेश्य सहित जापान बसाइमा रहेका तामाङ मूलका कलाकारहरूको सहभागितामा संघ गठनको तयारी भएको गायक राजेन्द्र लामाले जानकारी दिनुभयो ।

“ह्याङ्ला ग्योअी ह्याङ्लान काअी, जाम्बुलीङरीन ल्हेना लाअी” भन्ने नाराका साथ कलाकारिता क्षेत्रलाई अझ फराकिलो बनाउदै तामाङ समुदायमा केही परिवर्तनशिल काम गर्ने उदेश्यले संघ गठन गर्न लागेको हो ।

अध्ययन तथा रोजगारीको शिलशिलामा जापानमा रहेर पनि तामाङ गीत संगीतलाई निरन्तरता दिँदै आएका कलाकारहरु संघमा आवद्ध हुन सक्नेछन् ।

संघको औपचारिक घोषणा यही मार्च ८ तारीखमा एक कार्यक्रमकाबीच गर्ने तयारी भएको गायक लामाले बताउनु भयो । संघ गठनसँगै जापानका विभिन्न शहरमा बसोबास गर्ने तामाङ कलाकारहरुलाई एकातृत गर्न सकिने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी