प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा जगत तिमिल्सिना

प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा जगत तिमिल्सिना

  • आइतवार, फाल्गुन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ २२ फागुन ।
नेपाली कांग्रेसको भातृ संस्था प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा जगत तिमिल्सिना निर्वाचित हुनु भएको छ । प्रतिद्धन्द्धी प्रकाशमान प्रधानलाई ४ सय २१ मतले हराउँदै तिमिल्सिना अध्यक्ष चुनिनु भएको हो ।

तिमिल्सिनाले ६ सय ८९ र प्रधानले २ सय ६७ मत पाएको निर्वाचन समितिले जनाएको छ । संघको वरिष्ठ उपाध्यक्षमा पृथ्वीविक्रम राई विजयी हुनु भएको छ ।

अन्य उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट शैलेन्द्र शिवाकोटी, २ बाट डा.अनिल यादव, ३ बाट विष्णुप्रसाद गौतम, ४ बाट कमल सापकोटा, ५ बाट टंक भट्टराई, ६ बाट प्रेम थापा, ७ बाट जगन्नाथ जोशी विजयी भएका छन् ।

यसैगरी उपत्यका उपाध्यक्षमा कृष्णकान्त पराजुली विजयी हुनुभएको छ । महासचिवमा राजेन्द्र गौतम, सचिवमा जनकरत्न मल्ल र विष्णुप्रसाद पोखरेल तथा कोषाध्यक्षमा सविना श्रेष्ठ विजयी हुनुभएको छ ।

सचिवमा विजयी पोखरेल प्रधान समूहबाट उम्मेद्वार हुनुहुन्थ्यो । संघको सदस्यमा पनि तिमिल्सिना समूहका सबै उम्मेद्वार विजयी भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

३९ सदस्यीय कार्यसमिति रहेपनि ६ जना मनोनित हुने भएकाले ३३ जनाका लागि हिजो झण्डै १२ सय प्रतिनिधिले मतदान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ