काठमाडौ २२ फागुन ।
राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत आजपनि काठमाडौ उपत्यकासहित पन्ध्र जिल्लामा पाँचवर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइदैछ ।
हिजो खुवाउन छुटेका तथा बाँकी रहेका बालबालिकालाई आज नजिकको स्वस्थ्यकेनद्रमा गइ पोलियो थोपा खुवाउन सकिने बालस्वास्थ्य महाशाखा अन्तरगतको खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।
सरकारले खोप अभियान अन्तरगत उपत्यकाका तीन जिल्लासहित कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरीमा कार्यक्रम सनचालन गरिरहेको छ ।
यद्यपी स्वास्थ्यकर्मीको आन्दोलनका कारण तराईका सिरहा, सप्तरी, महोत्तरी र कैलाली जिल्लामा अभियान सुरु हुन सकेन । बाँकी केही जिल्लामा पनि अभियान सन्चालनका लागि असहज भएको महाशाखाले जनाएको छ ।
अभियानमा अवरोध नगर्न आग्रह गर्दै स्वास्थय मन्त्रालयले स्वास्थ्यकर्मीको आन्दोलनका कारण छुटेका जिल्लाहरुमा भोलीसम्म कार्यक्रम सन्चालन हुने जनाएको छ ।
यसअघि पनि फागुन पहिलो साताका लागि नै खोप अभियान कार्यक्रम तय गरिएकोमा स्वास्थ्यकर्मीको आन्दोलनका कारण अवरुद्ध बनेको थियो ।