जनकपुर २१ फागुन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेको मेची महाकाली यात्राको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमालेले जनताबीच द्वन्द्व बढाउने मनसायले मधेस पस्न खोजेको भन्दै मोर्चाले प्रतिवाद गर्ने बताएको हो । मधेसी मोर्चाका संयोजक सतिशकुमार लाल दासले जारी गरेको विज्ञप्तिमा २५ गते धनुषामा आम हडताल आहृवान गरिएको उल्लेख छ ।
झापाबाट सुरु भएको एमालेको मेचीकाली अभियान २५ गते जनकपुर पुग्ने कार्यक्रम छ ।
मधेसी मोर्चाले भने एमालेको कार्यक्रमलाई नै लक्षित गरेर आन्दोलन घोषणा गरेको छ ।
२५ गते दिनभर कालो झाण्डा र बैनरसहित जनकपरमा प्रदर्शन गर्ने र एमालेको अभियानको प्रतिवाद गर्ने उसले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline