दलित प्रतिनिधित्व बढाउन सरकारले विशेष नीति बनाउछ : पाण्डे

दलित प्रतिनिधित्व बढाउन सरकारले विशेष नीति बनाउछ : पाण्डे

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, फागुन २१ ।

स्थानीय विकासमन्त्री हितराज पाण्डेले दलित प्रतिनिधित्व बढाउन सरकारले विशेष नीति बनाउने बताउनु भएके छ ।
उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले स्थानीय तहको निर्वाचनमा दलितहरुको सुनिश्चित प्रतिनिधित्व आवश्यक रहेको बताउनु भयो ।

अहिलेको अवस्थामा स्थानीय निकायमा दलित प्रतिनिधित्व सन्तोषजनक नभएको भन्दै उहाले सरकार यसतर्फ सचेत रहेको बताउनु भयो । स्थानीय निर्वाचनबाट सबैभन्दा बढी फाइदा पिछडा वर्ग र दलित समुदायलाई हुने मन्त्री पाण्डेको भनाई छ ।

समितिका कार्यकारी निर्देशक बुद्धिबहादुर नेपालीले सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक दृष्टिकोणले दलित समुदायलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाले दलितका लागि स्थानीय तह नै दलित अधिकार प्राप्तिको आधार भएको भन्दै राज्य पुनःसंरचनामा सत्ता–शक्तिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिए ।

देशभरका दलित जिल्ला समन्वय समितिका उपाध्यक्षसहितको कार्यशाला दुई दिनसम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ