उपत्यकासहित पन्ध्र जिल्लामा खोप अभियान सुरु

उपत्यकासहित पन्ध्र जिल्लामा खोप अभियान सुरु

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २१ फागुन ।
राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत आजदेखि काठमाडौ उपत्यकासहित पन्ध्र जिल्लामा पाँचवर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइदैछ ।

आज र भोलि उपत्यकाका तीन जिल्लासहित तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरीमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

उपत्यकाका तीनै जिल्लामा बिहानैबाट खोप कार्यक्रम सुरु भएको बालस्वास्थ्य महाशाखा अन्तरगतको खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरे कारबाही गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियोलगायत नागरिकले पाउने सबै स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

उपत्यका बाहिरका जिल्लाहरुमा पनि हिजै सम्पूर्ण तयारी पूरा भइसकेकाले कुनै अवरोध नहुने महाशाखाले जनाएको छ । यसअघि फागुन पहिलो साताका लागि नै खोप अभियान कार्यक्रम तय गरिएको भएपनि स्वास्थ्यकर्मीको आन्दोलनका कारण अवरुद्ध बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी