निर्वाचनमा नगए मधेसी मोर्चाले राजनीति गर्न छाडे हुन्छ : पौडेल

निर्वाचनमा नगए मधेसी मोर्चाले राजनीति गर्न छाडे हुन्छ : पौडेल

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ,२१ फागुन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुले अहिलेको अवस्थामा स्थानीय तह निर्वाचनको महत्व बुझ्न नसके उनीहरुले राजनीति गर्नुको कुनै अर्थ नरहने बताउनु भएको छ ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले मधेसी मोर्चाले लोकतान्त्रिक प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरका रुपमा स्थानीय तहको निर्वाचनलाई लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डको रुपमा रहेको संघीयता, समावेशिता, गणतन्त्र र लोकतन्त्रलाई बचाइ राख्नका लागि पनि वैशाख ३१ गते निर्वाचन अपरिहार्य रहेको बताउनु भयो ।

पहिला संविधान संशोधन भन्दा पनि स्थानीय तहको निर्वाचन अनिर्वाय भएको भन्दै उहाले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मधेसवादी दल पनि निर्वाचनमा सहभागी हुनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ