काठमाडौ २१ फागुन ।
गृह मन्त्रालयले होलीमा इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर पानी छ्याप्नेलाई कारबाही गर्ने जनाएको छ ।
मन्त्रालयले महिला, बालबालिका लगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य रोक्न आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।
मन्त्रालयको सूचना विपरीत कसैको इच्छा÷स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।
यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ गते र तराइका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline