एमालेको मेची–महाकाली अभियान आजबाट शुरु हुदै

एमालेको मेची–महाकाली अभियान आजबाट शुरु हुदै

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

विराटनगर, २० फागुन । नेकपा( एमाले)को मेची–महाकाली राष्ट्रिय जागरण अभियान आजरदेखि झापाबाट सुरु हुदै छ । झापाको सुखानीमा २९ सालमा हत्या गरिएका ५ जना शहीदको शालिकमा माल्यार्पण गरे पछि काकडभिट्टाबाट अभियानको शुरुवात हुने छ ।
आज बिहान १० बजे काकड भिट्टाबाट अभियान शुरु हुने पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो । अभियानमा एक हजार कार्यकर्ता नियमित रुपमा यात्रामा रहने छन् भने ठाउँ ठाउमा सभा र र्याली तथा झाँकीहरु प्रदर्शन गरिने जनाईएको छ । सविधान कार्यन्वयन र सामाजिक सद्भाव वृद्धिका लागि अभियान चलाईएको एमालेले जनाएको छ ।
दुई नं प्रदेश अन्तर्गत सप्तरी देखि पर्सा सम्म अभियानलाई प्रभावित पार्न मधेशी मोर्चाले बन्द लगायतका कार्यक्रम राखेको भन्दै एमालेले विरोध जनाएको छ । बन्द छिचोलेर अभियान अघि बढ्ने भ्टराईले बताउनु भयो ।

एमाले मोरङका अध्यक्ष विनोद ढकालले आज पत्रकार सम्मेलन गरी फागुन २२ गते पदयात्रा मोरङमा प्रवेश गरेपछि उर्लाबारीमा स्वागत, पथरी र कानेपोखरीमा झाँकी प्रदर्शन, बेलबारीमा सांस्कृतिक प्रदर्शन र विराटचोकमा सभा आयोजना गरिने जानकारी दिनुभयो ।

पदयात्रामा स्थायी रुपमा एक हजार कार्यकर्ताका साथै चिकित्सक, स्वयम्सेवकलगायत रहने छन् । संविधान कार्यान्वयन सामाजिक सद्भाव र राष्ट्रिय एकताको मूल उद्देश्यका साथ सो अभियान शुभारम्भ हुन लागेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ