आज विश्व श्रवण दिवस मनाइदै

आज विश्व श्रवण दिवस मनाइदै

  • शुक्रबार, फाल्गुन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, फागुन २०।
आज विश्व श्रवण दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यसवर्षको नारा ध्वनि प्रदुषण रोकौ बहिरोपनबाट बचौं र बचाऔं भन्ने तय गरिएको छ ।

विश्वमा ब्याप्त बहिरोपनको विकराल रुप देखेर सन् २००७ मा बेईजिङ्गमा भएको प्रथम अन्तराष्ट्रिय टय सम्मेलनले बहिरो पना रोकथाम तथा पुनःस्र्थापनाका लागि विश्वब्यापी रुपमा प्रत्येक वर्षको मार्च ३ का दिनलाई श्रवण दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा कुल जनसंख्याको करिब ३६ करोड ( अर्थात ५.३ प्रतिशत ) जनसंख्यामा अपाङ्गता गराउने बहिरोपन भएको देखिएको छ । करिब ३ करोड वालवालीका बहिरोपनका कारण अपाङ्ग भएका छन भने त्यसमा पनि करिब ७५ लाख बालवालिकाहरु त पाँच बर्ष मुनिका नै रहेका छन ।

६५ बर्ष भन्दा माथिका उमेर समुहका एक तिहाई जनसंख्यामा बहिरोपनको समस्या देखिएको छ । नेपालमा सन १९९९ को तथ्याङ्क अनुसार करिब २७ लाख जनसंख्यामा बहिरोपनको समस्या रहेकोमा हाल करिब ४७ लाख नेपालीमा यो समस्या रहेको अनुमान गररिएको छ ।

बर्सेनी करिब ३ हजार ६ सय ५० जना वालवालिकाहरु बहिरोपन भएका जन्मने गरेका छन । दिवसको अवसरमा आज विभिन्न सरोकारवाला संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ