सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्छ : राष्ट्रपति

सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्छ : राष्ट्रपति

  • बिहिबार, फाल्गुन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, १९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२÷०७३ को वार्षिक प्रतिवेदन बुझेपछि उहाँले सरकारी वकिलले नै सरकारको प्रतिरक्षा गर्ने भएकाले तिनलाई सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलले प्रभावकारी तरिकाले काम गरिरहेको र सो आवमा ७० प्रतिशत मुद्दामा सफलता हासिल भएको जानकारी दिनुभयो ।

उहाँले सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि गर्नका लागि कार्यालयले निरन्तर प्रयास र योजना बनाइरहेको बताउनुभयो । महान्यायाधिवक्ता कार्यालयले नेपालको संविधानअनुसार प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ