काठमाडौं १९ फाल्गुन ।
राप्रपामा निवार्चन चिन्ह्लाई लिएर मतभेद देखिएको छ । धुम्बाराहिस्थित पार्टी कार्यलयमा जारी राप्रपाको केन्द्रीय समितिको बैठकमा आजधारणा राख्ने ४० जना केन्द्रीय सदस्यमध्ये अधिकाशंले चुनाव चिन्हबारे असन्तुष्ठि जनाएका छन् ।
स्थानीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्न बसेको वैठकमा चुनाव चिन्ह् हलो राख्ने की गाई भन्ने विषयमा सदस्यबीच मत बाँझिएको हो ।
बोल्ने सदस्य धेरै भएपछि भोली सम्मका लागि वैठक स्थगित गरिएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको चुनाव चिन्ह, नयाँ संरचना अनुसारको संगठन निर्माण र निर्बाचन सम्बन्धमा छलफल भएको पार्टी नेता राजेन्द्र लिङदेनले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तह अनुसार पार्टी संगठन निमार्ण गर्न गठित राजेन्द्र लिङ्देन नेतृत्वको कार्यदल र स्थानीय निर्वाचनमा उम्मेदवारको योग्यता सुझाव पेश गर्न बनेको धुव्रबहादुर प्रधान नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनको बिषयमा छलफल भएको राप्रपाले जनाएको छ ।
१ सय १५ सदस्यीय केन्दीय समितिमा अधिकांशले बोल्नका लागि नाम टिपाएपछि वैठक भोली सम्मका लागि स्थगित गरिएको छ ।