काठमाण्डौ, फागुन १९ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संविधान कार्यान्वयन र निर्वाचनका लागि सन्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भक्तपुरमा आज गरिएको साक्षात्कारमा अध्यक्ष डा. विष्टले पत्रकार महासंघले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो
उहाँले देशभर निर्वाचनको वातावरण बनाउने भूमिका निर्वाह गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गर्नुभयो । अर्को एक प्रसंगमा अध्यक्ष डा. विष्टले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।
उहाँले आफ्नो कार्यकालमा पत्रकारको स्वास्थ्य बीमा, ज्येष्ठ पत्रकार सम्मानलगायतका काम भएको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline