स्ववियु चुनाव हारेपछि रिमाले गरिन् आत्महत्या

स्ववियु चुनाव हारेपछि रिमाले गरिन् आत्महत्या

  • बिहिबार, फाल्गुन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

स्याङजा, फागुन १९ ।

स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृरिमा क्षेत्रीले आत्महत्या गरेकी छन् ।नेपाल विद्यार्थी संघकी नेतृ रिमाले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि आत्महत्या गरेकी हुन् ।

फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा क्षेत्री बुधबार भएको स्ववियु चुनावमा अध्यक्षमा उमेदवारी दिएर पराजित भएकी थिईन् ।

उनले फेदीखोला ९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी इन्स्पेक्टर सुनिल प्रधानका अनुसार उनको सुसाइड नोट पनि भेटिएको छ । र, त्यसमा आफ्नो मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ