काठमाडौ १९ फागनु ।
नेपाली काँग्रेसको भातृ संस्था संस्था प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो महाधिवेशन भोलिदेखि राजधानीमा हुने भएको छ ।
कीर्तिपुरमा हुने महाधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रतिनिधि विवादका कारण महधिवेशन दुईपटकसम्म स्थगित भएको थियो ।
महाधिवेशनमा आठ सय ३७ क्याम्पसका करिब एक हजार तीन सय प्रतिनिधिको सहभागीता रहने संघका महासचिव जगत तिमल्सिनाले जानकारी दिनुभयो ।
विसं २०६३ मा स्थापना भएको संघले पार्टीलाई आवश्यके सल्लाह सुझाव समेत दिँदै आएको छ । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत ३१ पदमा निर्वाचन हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline