काठमाडौँ, १८ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीले फागुण २१ गतेबाट शुरु गर्ने मेचीमहाकाली अभियान पृथ्वी नारायण शाहको एकताको अभियान जस्तै भएको जिकिर गरेका छन् ।
मेची महाकाली राष्ट्रिय अभियानबारे आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले राष्ट्रिय एकताको जागरणमा सहयोग गर्नु पर्ने समेत बताएका थिए । अभियान विथोल्ने खालको अभिव्यक्ति गृहमन्त्री निधिले दिएको भन्दै उहाले सरकारले सुरक्षा दिने काम गर्नु पर्ने बताउनु भयो ।
अहिले आएको सविधान शसोधन प्रस्ताव पहाड र मधेश टुक्रयाउने गरी आएको भन्दै यसलाई कुनै पनि हालतमा पारीत हुन नदिने ओलीले दावी गर्नु भयो । अहिले ससोधनको पक्षमा जम्मा ११ जना मधेशी मोर्चाका सासद मात्र निर्वाचनको विपक्षमा रहेको भन्दै जसरी पनि चुनाव गर्नु पर्ने बताउनु भयो ।
फागुण २१ गते शुरु हुने मेची महाकाली अभियान चैत्र ५ गते सुर्खेतमा पुगेर समापन हुने पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिनु भयो ।