माटो लिन जादा पुरिएर एकको मृत्यु ,७ घाईते

माटो लिन जादा पुरिएर एकको मृत्यु ,७ घाईते

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

१८ फागुन,कालिकोट ।जिल्ला सदरमुकाम नजिकैको ताडीमा माटोको ढिस्कोले पुरिदा ताडी गाउँका १ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।

डोजरले घर बनाउन जग खन्दै गरेको बेला एकै गाउँका सात जना महिलाहरु घर पोत्ने माटो निकाल्न गएका बेला माथिबाट खसेको ढिस्कोले महिलाहरु पुरिएको प्रत्यक्षदर्शी नन्दकेश अधिकारीले बताए ।

माटोको ढिस्को खस्दा मान्म ताडी ८ की २८ बर्षिया सिता पाण्डेको मृत्यु भएको छ भने वडा नं.८ का १८ बर्षिया बिन्दु पाण्डे, वडा नं. ९ का २२ बर्षिया २६ बर्षिया कलहरी पाण्डे, रकु गाबिस वडा नं. ९ का १८ बर्षिया अम्बिका देवकोटा, मान्म ताडी ८ का १५ बर्षिया कमला पाण्डे, वडा नं ९ का ६५ बर्षिया बुची पाण्डे, वडा नं. ७ का ४० बर्षिया आइती बि.क. र वडा नं. ९ का २८ बर्षिया सोनिमा पाण्डे घाइते भएको प्रत्यक्षदर्शी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइतेमा आइती बि.क., कलहरी पाण्डे र सोनिमा पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ