आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सन्चालनमा रोक

आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सन्चालनमा रोक

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं ,१८ फागुन ।
सरकारले आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सन्चालनमा रोक लगाएके छ ।

थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक बनेको भन्दै उपत्यकाबाट हटाउन सन्चालनमा रोक लगाईएको हो ।

यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारीसाधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो आजदेखि स्वतः अवैधानिक हुने बताउनु भयो ।

उपत्यकामा २० वर्ष नाघेका झन्डै २ हजार ५ सय सार्वजनिक सवारीसाधन रहेको विभागको अनुमान छ । ‘२० वर्ष पुराना गाडीको रुटपरमिट र दर्ता नवीकरण म्याद सकिएकाले ती गाडी सडकमा निकाल्नु गैरकानुनी भएके भन्दै प्रवक्ता पाण्डेले अब थोत्रा गाडी सडकमा निकाल्न नपाईने बताउनु भयो ।

२०७१ भदौ १९ को मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो । २०७१ फागुन १८ गतेको राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो ।

यातायात व्यवस्था विभागले २०७३ मंसिर २२ गते सार्वजनिक सूचना निकालेर २० वर्ष पुराना सवारीसाधन २०७३ फागुन १८ बाट उपत्यकाभित्र सञ्चालनमा पूर्ण रोक लगाउन पत्राचारसमेत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी