फागुन २३ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम

फागुन २३ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १७ फागुन ।
सरकारले आगामी फागुन २३ गतेदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय मार्फत यही फागुन २३ देखि कपिलवस्तुबाट कार्यक्रम सुरु गर्ने जनाएको छ ।

महिलालाई आयमूलक सीप प्रदान गरी उत्पादन, बजार र रोजगारसँग जोडने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालका अनुसार कार्यक्रमबाट आर्थिक रुपमा महिलालाई सशक्त बनाएर उनीहरुमाथि हुने हिंसा न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने तयारी छ । कार्यक्रम सुरु भएपछि वर्षमा करिब चार हजार महिलालाई रोजगारमूलक कार्यमा संलग्न गर्न सकिने बताइएको छ । कार्यक्रम मार्फत पाँच वर्षभित्र २० हजार महिला लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, मन्त्रालयले ज्येष्ठ नागरिक, बालबालिकाको क्षेत्रमा पनि प्रत्येक प्रदेशमा कम्तीमा एउटा ज्येष्ठ नागरिकमैत्री वृद्धाश्रम, बालबालिकाका लागि उद्यान निर्माण गर्ने कार्यक्रम ल्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ