भोली ६० प्रतिशत क्याम्पसमा मात्र स्ववियु निर्वाचन नहुने

भोली ६० प्रतिशत क्याम्पसमा मात्र स्ववियु निर्वाचन नहुने

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १७ फागुन ।
विभिन्न विद्यार्थी संगठनहरुकै विवादका कारण भोली हुने भनिएको स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा प्रभावित हुने देखिएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार भोली करिब ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुने देखिएको छ ।

त्रिविले तोकेको समयमा ४० प्रतिशत आंगिक क्याम्पसहरुमा मात्र उम्मेदवारी मनोनयन भएकाले अधिकांश क्याम्पसमा निर्वाचन नहुने भएको हो ।

सत्तारूढ दल कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमालेनिकट अनेरास्ववियुका साथै मधेस केन्द्रित दल आवद्ध विद्यार्थी संगठन लगायतले विभिन्न कलेजमा अवरोध गरेपछि निर्वाचन प्रक्रिया प्रभावित हुदा ६० प्रतिशत क्याम्पसमा निर्वाचन नहुने पक्का भएको हो ।

विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु निर्वाचनको मिति चार दिनपछि सार्दा समेत विद्यार्थी संगठनहरु नै निर्वाचनका लागि बाधक बनेको त्रिविले जनाएको छ ।

मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ ।

त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ